समृद्व फेदीखोला सुखी फेदीखोला वासी

header AD
संक्षिप्त विवरण

उत्तरीपुर्वी भागमा कास्की जिल्ला, दक्षिण क्षेत्रमा पुतली बजार नगरपालिका र पश्चिममा आँधीखोला गाउँपालिकासँग सिमाना जोडिएको फेदिखिला गाउँपालिका स्याङजा जिल्ला प्रवेशदारको रुपमा चिनिएको गाउँपालिका हो। सामुन्द्रिक सतहबाट ७६६ मि. देखि २१३६ मी. सम्म फैलिएको यस गाउँपालिकाको क्षेत्रफल ५६.७३ वर्ग किलोमिटर रहेको छ।

देशको आर्थिक र व्यवसायिक रुपमा अति महत्वपूर्ण मानिएको सिदार्थ करिडोरको अभिन्न अंगको रुपमा रहेको यस पालिकाको मध्य भागबाट १२ किलोमिटर दुरी सिदार्थ राजमार्गले चिरेको छ। पोखरा महानगरमा जनघनत्व तथा बजारीकरणले तिब्रता पाउदैं गर्दा उक्त नगरलाई निकट भविष्यमा आवश्यक पर्ने स्याटलाईट सिटीको सम्भावनाको रुपमा फेदिखोला गाउँपालिकालाई हेरिएको छ। गाउँपालिकाले जिल्लाको आर्थिक देखि सडक यातायात, सामाजिक देखि धार्मिक, कृषि देखि पयर्टक क्षेत्रमा सामरिक महत्व राख्दछ। राज्यको पुनसंरचना पछि नेपाल सरकारले मिति २०७३/११/२७ गते घोषणा गरे अनुसार देशको संघिय पुर्नसंरचना अनुसार स्याङजा जिल्लामा बाँगेफडके, भाटखोला, आरुखर्क र फेदिखोला गाउँ विकास समितिहरुलाई समेटेर फेदिखोला गाउँपालिका बनेको हो। ५ वटा वडा रहेको गाउँपालिकाको कुल क्षेत्रफल ५६.७३ वर्ग कि.मी. रहेको छ। फेदिखोला गाउँपालिकाले गरेको घरधुरी सर्भेक्षण २०७७ अनुसार पालिकामा ३,२४८ घरधुरी र जनसंख्या १४,९९९ जना रहेको छ। जसमध्ये पुरुष ७७२१, महिला ७२७८ रहेको छन्। २०६८ को जनगणना अनुसार यस गाउँपालिकाको ३२५४ घरधुरी र १२,३४१ जनसंख्या रहेको छ। जसमध्य, ५२५९ जना पुरुष र ७०८२ जना महिला रहेको छ। सिदार्थ राजमार्गको दाँया बाँया भएर जाने कुभिन्डे-मट्टिखान, खड्केटारी-पञ्चासे, सर्केटारी-आरुखर्क लगायतका अन्य सहायक सडकहरुले फेदिखोला केन्द्रलाई जोडी गाउँपालिकाका सबै वडाका जनताहरुलाई सदरमुकामसम्म पहुँचको व्यवस्था मिलाएको छ।

आधारभूत जानकारी
Gandaki
Syangja
गाउँपालिका
1.48 sq. km
जनसंख्या तथ्याङ्क (Population Statistics)
Total 0
Male 0
Female 4
Other 0
नक्शा दृश्य (Map View)

Establishment

Established at 2073-05-05
Website -
Map coordinates not available